ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

ट्वान्टी–२० विश्वकप सुरु, आज तीन खेल हुँदै

शनिबार २४, माघ २०८२ ११:०६

ट्वान्टी–२० विश्वकप क्रिकेट शनिबार सुरु हुँदै छ । भारत र श्रीलंकामा विश्वकप भइरहेको हो । 

शनिबार   नेदरल्यान्ड्सविरुद्ध पाकिस्तान, स्कटल्यान्डविरुद्ध वेस्ट इन्डिज र भारतविरुद्ध अमेरिका खेल्दै छन् । 

प्रतियोगितामा २० वटा टोलीलाई ४ वटा समूहमा बाँडिएको छ । समूह ‘ए’ मा भारत, पाकिस्तान, अमेरिका, नामिबिया र नेदरल्यान्ड्स छन् । समूह ‘बी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे, आयरल्यान्ड र ओमान छन् । समूह ‘सी’ मा नेपाल, इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन् । इटालीले पहिलो पटक टी–२० विश्वकप खेल्न लागेको हो ।

समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई) र क्यानडा छन् । प्रतियोगिता आउँदो मार्च ८ तारिखसम्म चल्नेछ । अहिलेसम्म ६ वटा टोली टी–२० विश्वकपको उपाधि जितेका छन् । भारत, इङ्ग्ल्यान्ड र वेस्ट इन्डिज २/२ पटक तथा पाकिस्तान, श्रीलङ्का र अस्ट्रेलिया १/१ पटक विजेता बनेका छन् ।

प्रतिक्रिया