ज्याकोब बेथेल र कप्तान ह्यारी ब्रुकको अर्धशतकमा इंग्ल्यान्डले आईसीसी पुरुष टी– २० विश्वकपमा नेपालसामु १८५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
मुम्बईको वानखेडे क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८४ रनको योगफल तयार पारेको थियो ।
इंग्ल्यान्डका लागि बेथेलले ३५ बलमा ४–४ चौका र छक्काको मद्दतले सर्वाधिक ५५ रनको योगदान गरे । यसैगरी ब्रुकले ३२ बलमा ४ चौका ३ छक्कासहित ५३, विल ज्याक्सले अविजित ३९ र जोस बटलरले २६ रन बनाए ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले २–२ तथा सन्दीप लामिछाने र शेर मल्लले १–१ विकेट लिए ।
प्रतिक्रिया