ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नेपाल प्रिमियर लिगको द‍ोस्रो सिजन आजबाट

सोमबार ०१, मङि्सर २०८२ ०९:००

धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजन सुरु हुँदै छ । दोस्रो संस्करण आजदेखि सुरु भई २७ मंसिरसम्म चल्नेछ । सिजनको उद्घाटन खेलमा आज साविक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज्बीच हुँदै छ । यो खेल आज दिउँसो ४ बजेबाट सुरु हुनेछ ।

यस सिजनमा पनि कुल आठ फ्रेन्चाइजी टोलीले प्रतिस्पर्धा गर्नेछन् । विराटनगर किङ्ग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गोर्खाज्, लुम्बिनी लायन्स, पोखरा एभेञ्जर्स, सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स एनपीएलमा सहभागी छन् । सबै खेलहरू काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट ग्राउन्डमा हुनेछन् ।

खेल तालिकाअनुसार कुल ३२ म्याच हुनेछ । २८ वटा लिग चरणका खेल र ४ वटा नक्कआउट खेलहरू र फाइनल खेल निर्धारित छ । यसपटक दिन र रातमा खेल (डे–नाइट) को व्यवस्था गरिएको छ, किनभने यस पटक त्रिवि क्रिकेट ग्राउन्डमा फ्लडलाइट जडान गरिएको छ ।

एनपीएल दोस्रो सिजनले दर्शकहरूलाई पनि आकर्षित गरेको छ । टिकट बिक्रीका लागि खल्ती एप प्रयोग गरिएको छ, र पहिलो खेलका टिकटहरू ‘सोल्ड आउट’ भइसकेका छन् । साधारण टिकट प्रत्येक खेल दिनका लागि ५०० रुपैयाँमा उपलब्ध गराइएको छ ।

यसपटकको सिजनमा प्रशारण अधिकारमा पनि केही नयाँ परिवर्तनहरू छन् । नेपाल क्रिकेट संघ (क्यान)ले स्टार स्पोर्ट्ससँगै नेपाली च्यानलमा पनि प्रसारणको व्यवस्था गरेको छ, जसले प्रतिस्पर्धालाई अझ व्यापक दर्शकसम्म पुर्‍याउने विश्वास गरिएको छ ।

प्रतिक्रिया