ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

ब्याटिङ र बलिङ वरियतामा दीपेन्द्र माथि उक्लिए, अलराउन्डरमा छैटौं स्थानमा

बुधबार २८, माघ २०८२ ०४:५९

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई ब्याटिङ र बलिङ वरियतामा माथि उक्लिएका छन् ।

आईसीसीले बुधबार अध्यावधि गरेको वरियताअनुसार दीपेन्द्र ब्याटिङमा ४ स्थान माथि उक्लिएर ७२औं स्थानमा पुगेका छन् भने बलिङमा ५ स्थान माथि उक्लिँदै ७१औं स्थानमा पुगेका हुन् ।

दीपेन्द्र अलराउन्डर वरियतामा भने छैटौं स्थानमा यथावत् छन् । दीपेन्द्रले टी-२० विश्वकपअन्तर्गत इंग्ल्यान्डसँगको खेलमा ४४ रन बनाउनुका साथै २ विकेट पनि लिएका थिए ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले पनि ब्याटिङमा ३ स्थान सुधार गरेर ७५औं स्थानमा पुगेका छन् । कुशल भुर्तेलले ४ स्थान सुधार गरेर ७७औं स्थानमा छन् ।

बलिङमा सन्दीप लामिछानेले १० स्थान सुधार गरेर ७४औं स्थानमा उक्लिएका छन् ।

नेपालले विश्वकपको दोस्रो खेलमा बिहीबार इटलीसँग खेल्दै छ ।

प्रतिक्रिया