ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढी क्रिकेट एकेडेमीका कार्कीको भारतमा शतकीय पारी

बुधबार २८, माघ २०८२ ०३:५७

धनगढी । धनगढी क्रिकेट एकेडेमी (डीसीए)का रमित कार्कीले भारतको मुम्बई टुरको तेस्रो खेलमा शतक प्रहार गरेका छन् । 

मुम्बईको आजाद मैदानको न्यू इरा पिचमा मारीया क्रिकेट ऐकेडेमी विरुद्धको खेलमा कार्कीले शतकिय पारी खेलेका हुन् । 

डिसीएका लागि कार्कीले ११५ बलमा १३९ रनको शतकीय पारी खेलेका थिए ।‌ उनको शतकको सहयोगमा डीसीएले मारीया क्रिकेट ऐकेडेमीलाई २१० रनको ल्क्ष्य दिएको छ ।

क्रिकेट प्रशिक्षण तथा अन्तर्राष्ट्रिय अनुभव दिलाउने उद्देश्यले डीसीएको टोली केही दिनअघि मुम्बई पुगेको हो । भ्रमणका क्रममा टोलीले मुम्बईका विभिन्न छ स्थानीय क्लबहरूसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका रहेको छ ।

त्यसैगरी टोलीले मुम्बईस्थित वाङ्खडे स्टेडियममा नेपालसहित विभिन्न देशहरूबीच हुने विश्वकप क्रिकेटका खेलहरू प्रत्यक्ष अवलोकन गर्ने कार्यक्रम पनि रहेको डीसीएका म्यानेजर सन्दीप भट्टले जानकारी दिएका छन् ।

यस भ्रमणले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय वातावरणमा खेल्ने अनुभव, सीप विकास तथा आत्मविश्वास वृद्धि गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया