ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा ‘शहीद गौरव जोशी स्मृति फुटसल प्रतियोगिता’ हुँदै, विजेतालाई एक लाख

सोमबार ०१, मङि्सर २०८२ ०३:३६

धनगढी । कैलालीको धनगढीमा शहीद गौरव जोशी स्मृति निसर्ग स्टार सिटी कप फुटसल प्रतियोगिता–२०८२ हुने भएको छ । स्टार सिटी युवा क्लवको आयोजनामा जेनजी आन्दोलनका शहीद गौरव जोशीको सम्झनामा फुटसल प्रतियोगिता हुने लागेको हो । 

आयोजकले आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको छ । स्टार सिटी क्लवका अध्यक्ष नरेन्द्र शाहले मंसिर १० र ११ गते धनगढीमा फुटसल प्रतियोगिता हुने जानकारी दिए । प्रतियोगिताको विजेतालाई एक लाख र उपविजेतालाई ५० हजार पुरस्कार प्रदान गरिने शाहीले बताए । 

प्रतियोगिताको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका वडा नम्बर ५ रहेको छ भने मुख्य प्रायोजकमा निसर्ग अस्पताल प्रालि रहेको छ ।

प्रतिक्रिया