धनगढी । सुदूरपश्चिमको स्वास्थ्य र समाजसेवा क्षेत्र मा महत्वपूर्ण योगदान पुर्याएबापत निसर्ग अस्पतालका अध्यक्ष तीर्थराज पन्त सम्मानित भएका छन् ।
कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको उद्घाटन समारोहमा पन्तलाई सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि अर्थमन्त्री रामेश्वर खनालले अध्यक्ष पन्तलाई कदरपत्रसहित सम्मान गरे ।
सुदूरपश्चिममा निजी क्षेत्रको ठुलो अस्पतालमध्येमा चिनिने निसर्ग अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत समस्यामा परेका कतिपय व्यक्तिको निशुल्क उपचार पनि गरेको छ । अस्पतालले स्वास्थ्यसंगै प्रदेशको खेलकुद, शिक्षा लगायतका क्षेत्रमा पनि सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया