धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बीरबहादुर बलायर र केन्द्रीय सदस्य नैनसिंह महरको नाम एउटै निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ४ कैलालीले बलायर र महरसहित ७ जनाको नाम सिफारिस गरेको हो ।
क्षेत्रीय समितिले बलायरको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ भने महरको नाम छैठौं नम्बरमा छ । यस्तै, दिनेशराज जोशी, विजयबहादुर कुँवर, लोकराज पाण्डे, टेकराज जोशी र भुवन महराको नाम पनि क्षेत्रीय समितिले प्रतिनिधिसभा प्रत्येक्ष निर्वाचनको उम्मेदवारका लागि जिल्ला समितीलाई सिफारिस गरेको छ ।
क्षेत्रीय समितिले समानुपातिकातर्फ यज्ञनिधी कोइराला, जानकी पाल, खडकसिंह बडैला, गोपालबहादुर देउवा, गंगा कामी र रमेश ताम्राकारको नाम सिफारिस गरेको छ । राष्ट्रियसभा निर्वाचनका लागि डा. लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरादत्त भट्टको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।
प्रतिक्रिया