धनगढी । कैलाली कांग्रेसका सबै क्षेत्रीय समितिले उम्मेदवार सिफारिस गरेर जिल्ला पठाएका छन् । जिल्लाका पाँच वटै निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका क्षेत्रीय समितिले उम्मेदवार सिफारिस गरेका हुन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको प्रत्येक्ष र समानुपाति तथा त्यसअघि हुने राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरिएको हो ।
कम्तिमा एक महिलासहित तीन जनाको मात्रै नाम सिफारिस गर्न निर्देशन भए पनि क्षेत्रीय समितिले भने १० जनासम्मको नाम सिफारिस गरेका छन् । नेपाली कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले २६ गतेभित्रै जिल्लाले नाम टुंगो लगाएर प्रदेशमा सिफारिस गर्ने जानकारी दिए । प्रदेशले यो महिनाभित्रै केन्द्रीय कमिटीलाई नाम सिफारिस गर्ने जनाएको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट इश्वरी न्यौपाने, जनकराज चौधरी, बुद्धीसागर चौधरी, डा. रणबहादुर रावल र रामजनम चौधरीको नाम सिफारिस भएको छ । समानुपातिका लागि उमाकुमारी बादी, केशरीकुमारी रावल, धिरजराज रेग्मी, बिर्खबहादुर रावल, राजेशकुमार टमटा, सुशीला स्वारको नाम सिफारिस भएर आएको नेपाली कांग्रेस कैलालीका सचिव सुनारले बताए । यस्तै, राष्ट्रियसभाका लागि जगन्नाथ रिमाल, नृपबहादुर खड्का र फकिरसिंह कठायतको नाम सिफारिस गरिएको छ ।
कैलाली निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय समितिले प्रतिनिधिसभाको प्रत्येक्षतर्फ १० जनाको नाम सिफारिस गरेको छ । कृष्णराज पाण्डे, घनश्याम जोशी, विजयबहादुर स्वार, हिमबहादुर रावल, गोपालबहादुर बम, बीरबहादुर थारु, नमराज उपाध्याय, जितेन्द्र उपाध्याय र मोहनसिंह राठौरको नाम सिफारिस भएर जिल्लामा आएको सचिव सुनारले बताए । समानुपातिकतर्फ शिव थापा, टीका चौधरी, सुमन सन्ज्याल, रिता मुडभरी, गोविन्द बिष्ट, बलबहादुर बिष्ट, रविन्द्रकुमार चौधरी, सुशीला जोशी, कर्णबहादुर चौधरी र नन्दराम बादीको नाम सिफारिस गरिएको छ ।
यस्तै, कैलाली– ३ को क्षेत्रीय समितिले प्रतिनिधिसभाको प्रत्येक्षतर्फको उम्मेदवारका लागि खेमराज थारु, भीम बडुवाल, अविनास चौधरी र मंकर शाहको नाम सिफारिस भएको छ । समानुपातिकामा रिता चौधरी, रामकुमारी चौधरी र सम्झना खत्रीको तथा राष्ट्रियसभाका लागि रामचरण चौधरी र कलावती शाहको नाम सिफारिस भएको छ ।
यस्तै, नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति बीरबहादुर बलायर र केन्द्रीय सदस्य नैनसिंह महरको नाम एउटै निर्वाचन क्षेत्रबाट सिफारिस भएको छ । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ४ कैलालीले बलायर र महरसहित ७ जनाको नाम सिफारिस गरेको हो । क्षेत्रीय समितिले बलायरको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ भने महरको नाम छैठौं नम्बरमा छ । यस्तै, दिनेशराज जोशी, विजयबहादुर कुँवर, लोकराज पाण्डे, टेकराज जोशी र भुवन महराको नाम पनि क्षेत्रीय समितिले प्रतिनिधिसभा प्रत्येक्ष निर्वाचनको उम्मेदवारका लागि जिल्ला समितीलाई सिफारिस गरेको छ । क्षेत्रीय समितिले समानुपातिकातर्फ यज्ञनिधी कोइराला, जानकी पाल, खडकसिंह बडैला, गोपालबहादुर देउवा, गंगा कामी र रमेश ताम्राकारको नाम सिफारिस गरेको छ । राष्ट्रियसभा निर्वाचनका लागि डा. लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरादत्त भट्टको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।
नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ कैलालीले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । पूर्वपरराष्ट्रमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य आरजु राणा देउवासहित चार जनाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ । आरजुसहित पार्टीका प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’, २०७९ सालको निर्वाचन सोही क्षेत्रबाट जितेका डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर नृपबहादुर वडको नाम जिल्ला कमिटीलाई सिफारिस गरिएको क्षेत्रीय समितिका प्रवक्ता प्रदीप पाठकले जानकारी दिए । नाम सिफारिस गर्न क्षेत्र नम्बर ५ ले आज बिहान १० बजेदेखि २ बजेसम्म इच्छुक उम्मेदवारलाई नाम दर्ता गर्न आह्वान गरेको थियो । चार जनाको नाम मात्रै दर्ता भएपछि सबैको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ । आरजु २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्र (धनगढी क्षेत्र) बाट एमालेका नारदमुनि रानासँग पराजित भएकी थिइन् । २०७९ सालको निर्वाचन पनि उनले सोही क्षेत्रबाट लड्ने चर्चा थियो । तर, राणाले सो समय समानुपातिक निर्वाचन प्रणाली रोजेकी थिइन् । यस्तै समानुपातिकका लागि ११ र राष्ट्रियसभाका लागि तीन जनाको नाम सिफारिस गरिएको छ ।
प्रतिक्रिया