धनगढी । रोयल इन्फिल्डको सबैभन्दा किफायती मोडल ‘हन्टर ३५०’ अब बिएस–६ मानकअनुसारको नयाँ इन्जिनसहित बजारमा आएको छ। नेपाली बजारमा पहिल्यै उपलब्ध यो मोडेल इन्जिन अपडेटसँगै थप परिष्कृत बनेको छ भने नयाँ फिचरहरू पनि समावेश गरिएको छ।
धनगढीस्थित भुमी अटो हवले आज एक विशेष समारोह बीच हन्टर ३५० बिएस–६ मोडेलको औपचारिक बिक्री सुरु गरेको छ। समारोहमा उपस्थित मोटरसाइकल प्रेमी, ग्राहक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले नयाँ मोडेलको डिजाइन, प्रदर्शन र परिमार्जित प्रविधिबारे सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन्।
अपडेटेड हन्टर ३५० मा सुधारिएको रिफाइनमेन्ट, राम्रो माइलेज, सुरक्षाका केही नयाँ फिचर तथा सहज राइडिङ अनुभवका तत्वहरू थप गरिएको छ। किफायती मूल्य श्रेणीमै उपलब्ध भएकाले यो मोडेल सुदूरपश्चिम बजारमा झनै लोकप्रिय हुने अनुमान गरिएको छ।
भुमी अटो हवका अनुसार नयाँ हन्टर ३५० बिएस–६ मोडेलले धनगढीसहित आसपासका ग्राहकलाई आधुनिक, आकर्षक र भरपर्दो मोटरसाइकलको नया विकल्प प्रदान गरेको छ।
प्रतिक्रिया