ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमका ३० जना रास्वपाबाट समानुपातिक उम्मेदवार बन्न आकांक्षी, को-को हुन् ?

शुक्रबार ०४, पुष २०८२ ०३:०३

धनगढी । सुदूरपश्चिमका ३० जनाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक उम्मेदवार बन्न आवेदन दिएका छन् । रास्वपाले इच्छुक व्यक्तिलाई अनलाइनमार्फत आवेदन दिन आह्वान गरेकोमा ३० जनाले समानुपातिकतर्फ उम्मेदवार हुन इच्छुक भएको भन्द्र आवेदन दिएका हुन् । पार्टीले सार्वजनिक गरेको प्रारम्भिक नामावलीअनुसार खस आर्यबाट डोटीका यज्ञराज जोशी, अछामका सेतीराम भण्डारी, दार्चुलाका जनकराज पन्त, अछामका रत्ना थापा, कैलालीका केशवराज भट्ट र अनबहादुर न्यौपाने, बाजुराका नवराज जैशी, कञ्चनपुरका अर्जुनप्रसाद भण्डारी, अछामका टिका संगौला (ज्वाला), बैतडीका कृष्णराज पन्त र दार्चुलाका भनसिंह धामीले उम्मेदवार हुन इच्छुक रहेको भन्दै आवेदन दिएका छन् ।

खस आर्यतर्फ नै कञ्चनपुरका चन्द्रा ऐर, प्रतिभा रावल र भरतबहादुर कार्की, डोटीका जानकी जोशी, बाजुराका चेतनाकुमारी बिष्ट, बझाङका अनिता भट्ट, सत्यराज उपाध्याय र सुरतबहादुर मल्ल, बैतडीका भोजराज जोशी, कैलालीका मिनराज न्यौपाने, सृष्टि महरा र यममाया ढकालले उम्मेदवार बन्न आवेदन दिएका छन् ।  

रास्वपाले सार्वजनिक गरेको सूचीअनुसार थारुतर्फ कञ्चनपुरका गीता चौधरी, कैलालीका करिष्मा कठरिया, कुन्ननारायण चौधरी र कलावती चौधरी तथा दलिततर्फ डोटीका केशवकुमार परियार, बाजुराका रमेश चदारा र कञ्चनपुरका विजय जैरुले आवेदन दिएका छन् ।

समानुपातिक उम्मेदवार बन्न प्रदेशमा रहेका नौमध्ये ८ जिल्लाबाट आवेदन आएको रास्वपा सुदूरपश्चिमले जनाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्लाबाट भने कसैको नाम सार्वजनिक सूचीमा उल्लेख छैन । 

रास्वपा सुदूरपश्चिमका अनुसार इच्छुक उम्मेदवारसँग शनिबार छलफल राखिएको छ । उम्मेदवार छनोट रूपरेखाअन्तर्गत पुस ६ र ७ गते घरदैलो कार्यक्रम सञ्चालन हुने बताइएको छ । 

 

प्रतिक्रिया