ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली– ५ बाट चुनाव लड्न नेपाली कम्युनिस्ट पार्टीले गर्‍यो ५ जनाको नाम सिफारिस

बुधबार ०९, पुष २०८२ ०५:३१

धनगढी । नेपाली कम्युनिस्ट पार्टीले कैलाली क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा निर्वाचन लड्नका लागि ५ जनाको नाम सिफारिस गरेको छ । एकीकरण पूर्वका क्षेत्रीय कमिटीको सयुक्त बैठकबाट ५ जनाको नाम सिफारिस गरिएको साविक माओवादी केन्द्रका क्षेत्रीय संयोजक निर्मल शाहले बताए । 

पार्टीले शाहको नाम पहिलो नम्बरमा सिफारिस गरेको छ । यस्तै प्रेम बिसी, ओमप्रकाश पुन, सुशीला बुढाथोकी र मनोज पुनमगरको नाम पनि जिल्लालाई सिफारिस गरेको छ । पुनमगरको नाम जेनजीको तर्फबाट सिफारिस गरिएको शाहले बताए । 

सो क्षेत्रबाट कांग्रेसले यसअघि नै ४ जनाको नाम सिफारिस गरिसकेको छ । नेतृ आरजु रााणा देउवा, प्रदेश महामन्त्री नरनारायण शाह, धनगढीका पूर्वमेयर नृपबहादुर ओड र विगठित प्रतिनिधिसभा सदस्य डिल्लीराज पन्तको नाम क्षेत्र, जिल्ला र प्रदेश हुँदै केन्द्रीय समितिमा सिफारिस भइसकेको छ । 
 

प्रतिक्रिया