ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्ष, सेवा सुरु

शनिबार २४, माघ २०८२ ११:१९

धनगढी । कैलालीको सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रहेको गेटा अस्पतालमा मोडुलर शल्यक्रिया कक्ष स्थापना गरिएको छ । उक्त कक्षबाट शल्यक्रिया सेवा पनि सुरु भइसकेको छ । 

अस्पतालका अनुसार शुक्रबारदेखि मोडुलर शल्यक्रिया कक्ष प्रयोगमा ल्याई शल्यक्रिया सेवा सुरु गरिएको हो ।

यसअघि अस्पतालले आपतकालीन सेवाका लागि व्यवस्था गरिएको शल्यक्रिया कक्षबाट मात्र सेवा सञ्चालन गर्दै आएको थियो ।

अस्पतालका सूचना अधिकारी नैनसिंह कार्कीका अनुसार हाल पाँच वटा मोडुलर शल्यक्रिया कक्षमध्ये तीन वटा कक्षबाट तत्काल सेवा सञ्चालन गर्न सकिने अवस्था रहेको छ ।

प्रतिक्रिया