ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

संविधानमा सुधार गरेर निर्वाचन प्रणाली बदल्नु आवश्यक छ : शेखर कोइराला

शनिबार ०६, पुष २०८१ ०४:०१

धनगढी । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले संविधानमा सुधार गरेर निर्वाचनमा कुनै एक दलको बहुमत आउने गरी निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेको बताएका छन् । नेपाल प्रजातन्त्र सेनानी संघ सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशनको शनिबार धनगढीमा उद्घाटन गर्दै कोइरालाले यस्तो बताएका हुन् । 

उनले गठबन्धन हुँदा कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिको पालना गर्नुपर्ने बताए । सहकारीपीडकहरूलाई पक्राउ गर्नुका साथै सहकारीपीडितहरूलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन पनि उनले सरकारको ध्यानकर्षण गराए । देशको अर्थ राजनीति, छिमेकी मुलुकहरूसँगको लेनदेनको अर्थ व्यवस्था र दातृनिकायको ऋणलाई समेत केलाउँदै देशको बजेटले देश चल्नै नसक्ने अवस्थामा पुगेको तर्फ सचेत रहन उनले सरकारलाई आग्रह गरे ।

पछिल्लो दशकमा पार्टी बरालिएको हो कि भन्ने महशुस भइरहेको उनको भनाइ छ । पार्टीभित्रका कतिपय तिक्तता स्वाभाविक भए पनि देश र जनताका हितमा एक ढिक्का हुनै पर्ने उनको भनाइ छ । त्यसो हुन नसके लोकतन्त्र कमजोर हुँदै अधिनायकवाद आउन सक्ने भन्दै दलभित्र पनि एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया