ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा कुखुरा फर्ममा आगलागी हुँदा हजार बढी चल्ला मरे, ११ लाखको क्षति

शनिबार १९, पुष २०८२ ११:४१

कञ्चनपुर । कञ्चनपुरमा कुखुरा फर्ममा आगलागी हुँदा ११ लाख बराबरको क्षति पुगेको छ ।

दोधारा चाँदनी नगरपालिका–६ का स्थानीय व्यवसायी रमेश आउजीको लक्ष्मी पशुपन्छी फर्मका दुई वटा कुखुरा फर्ममा शुक्रबार राति करिब १ बजे आगलागी भएको हो ।

आगलागीबाट फर्म पूर्णरूपमा जलेर नष्ट भएको छ भने खोरभित्र पालिएका एक हजार एक सय कुखुराका चल्ला, २० कट्टा चारो लगायत खोरभित्र रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको व्यवसायी औजीले बताए । 
 

प्रतिक्रिया