ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

पार्टीको प्रचारमा गरेको भन्दै हिमाली गाउँपालिकाद्वारा तीन जनालाई सोध्यो स्पष्टिकरण

बिहिबार ०८, माघ २०८२ १२:३९

बाजुरा । हिमाली गाउँपालिकाले निर्वाचन आचारसंहिता उल्लङ्घन गरी चुनावी प्रचारमा गएको आरोपमा तीन जनासँग कर्मचारीलाई स्पष्टिकरण सोधेको छ।

हिमाली गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कुलबहादुर थापाले गाउँपालिका कर्मचारी जनक मलाल,  स्वास्थ्य इकाइ प्रमुख दीपक भण्डारी र इन्जिनियर राज मलाललाई स्पष्टिकरण सोधेका हुन् ।

निर्वाचन आयोगको निर्णयअनुसार २०८२ साल माघ ५ गते राति १२ बजेदेखि निर्वनचन आचार संहिता लागु भइसकेको छ । ती कर्मचारीले सञ्जालमार्फत निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरिएको देखिले उनीहरूलाई स्पष्टिकरण सोधिएको गाउँपालिकाले जनाएको छ।
 उनीहरूलाई दुई दिनभित्र गाउँपालिकामा उपस्थित भई स्पष्टिकरण पेश गर्न पत्र पठाइएको छ । 

तोकिएको समयभित्र स्पष्टिकरण पेश नगरे निर्वाचन आचारसंहिता उल्लङ्घन तथा निजामती सेवासम्बन्धी प्रचलित कानुनअनुसार आवश्यक कारबाही अघि बढाइने  पत्रमा चेतावनी दिइएको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत थापाले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन स्थानीय तह प्रतिबद्ध रहेको बताएका छन् ।  निर्वाचन आचारसंहिता विपरित कार्य गर्ने कर्मचारीलाई स्पष्टीकरण सोध्ने बाजुराको पहिलो गाउपालिका हो । 

प्रतिक्रिया