ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

उमेदवारी खारेजविरुद्ध रेशम चौधरी रेशमले गरे सर्वोच्च रिट दर्ता

शनिबार १०, माघ २०८२ ११:४५

धनगढी । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरी आफ्नो उमेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरूद्ध सर्वोच्च अदालत पुगेका छन् ।

चौधरीले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गरेका थिए । बिहीबार निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उमेदवारी खारेज हुने निर्णय गरेको थियो । उक्त निर्णय रोकेर उमेदवारी कायम गर्न माग गर्दै चौधरीले शुक्रबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले चौधरीको मनोनयनपत्र कायम रहन सक्ने अवस्था नरहेको भन्ने आधारमा खारेज गर्ने निर्णय दिएको थियो ।टीकापुर हिंसात्मक घटनामा चौधरीलाई सर्वोच्च अदालतबाट जन्मकैदको सजाय भएको थियो । सोही आधारमा चौधरी प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार अयोग्य रहेको निर्णय निर्वाचन अधिकृतको कार्यालयले दिएको थियो । चौधरीको रिटमा आइतबार ९माघ ११० सर्वोच्चमा सुनुवाको पेसी तय भएको छ ।

प्रतिक्रिया