धनगढी । सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका खम्मबहादुर खाती विजयी भएका छन् ।
प्रदेश निर्वाचन कार्यालयका अनुसार अन्यतर्फको एक स्थानका लागि भएको निर्वाचनबाट कांग्रेसका खम्मबहादुर खाती ३ हजार ९६९ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका टीकाराम जैशीले १ हजार ८०५ मत प्राप्त गरेका छन् ।
एक प्रदेश सभा सदस्य बराबर ५३ र एक पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष बरावर १९ मतभार छ। प्रदेशका ५१ प्रदेश सभा सदस्य मध्ये ४९ प्रदेश सभा सदस्य र १७३ पालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष मध्ये १७१ जनाले आज मतदान गरेका थिए ।
सम्बन्धित समाचार
सुदूरपश्चिमबाट राष्ट्रिय सभा सदस्यमा एमालेकी भण्डारी निर्वाचित
प्रतिक्रिया