ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एमालेले रावललाई पार्टी सदस्यबाट हटायो

बुधबार १०, पुष २०८१ ०६:५२

काठमाडौँ । नेकपा एमालेले पार्टी कार्यालय निर्माणसम्बन्धी विवादका कारण नेता भीम रावललाई पार्टीबाट निस्कासन गरेको छ ।  व्यवसायी मीनबहादुर गुरूङबाट जग्गा दान लिएर पार्टी कार्यालय बनाउने विषयमा असहमति जनाएपछि उनलाई कारबाही गरिएको हो ।

पार्टीले यसअघि रावललाई स्पष्टीकरण सोधेको थियो । तर, उनको जवाफ चित्त नबुझ्दै महासचिव प्रदीप ज्ञवालीले बुधबारको सचिवालय बैठकपछि रावललाई संगठन सदस्यबाट हटाउने निर्णय भएको जानकारी दिए ।

सोही बैठकले स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई पनि जिम्मेवारीबाट ६ महिनाका लागि मुक्त गर्ने निर्णय गरेको छ । उनीहरूले पार्टी कार्यालय निर्माणका विषयमा असहमति जनाउँदै आएका थिए ।

‘बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाले उहाँहरूले स्पष्टीकरण त दिनुभयो, तर रियालाइजेसन देखिएन । यसैले पार्टीको पार्टीको निर्देशनमा चल्न भन्दै अहिले भइरहेको जिम्मेवारीबाट ६ महिना निलम्बन गरिएको छ । कमरेड भीम रावलले महाधिवेशनमा अध्यक्षको उम्मेदवार बन्नुभयो । केन्द्रीय सदस्यमा पनि आउनुभएन । सल्लाहकारमा रहनुभएको थियो । अभिव्यक्ति पनि एमालेलाई कमजोर बनाउने आइरह्यो । यसैले सङ्गठित सदस्यबाट मुक्त गर्ने निर्णय गरियो’ बैठकपछि ज्ञवालीले भने ।

प्रतिक्रिया