बैतडी । बैतडीको सिगास गाउँपालिकाकी उपाध्यक्ष धाना धामीले ‘सी लिड्स आइकन अवार्ड’ पाएकी छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड प्रदान गरे ।
आइकनका लागि देशभरिबाट १४० जना आवेदकमध्ये २७ जना महिला जनप्रतिनिधि प्रतिस्पर्धामा छानिएका थिए । स्थानीय तहमा प्रभावकारी काम गर्ने २७ जना महिला जनप्रतिनिधिलाई ‘सी लिड्स आइकन’ सम्मान र तीमध्ये उत्कृष्ट तीन जना महिला जनप्रतिनिधिलाई ‘सी लिड्स आइकन अवार्ड’ प्रदान गरिएको हो ।
उपाध्यक्ष धामीले आइकन अवार्डले सामाजिक काम गर्ने थप हौसला बढेको र आफूलाई सामाजिक तथा राजनीतिक कार्यमा शसक्त भएर लाग्न थप प्रेरणा मिलेको बताइन् ।
नेपाली महिला जनप्रतिनिधिका सुकर्मलाई प्रवर्धन गर्ने उद्देश्यले कल्प एम्पावर वेमेन नेपालले सो कार्यक्रम आयोजना गरेको थियो ।
प्रतिक्रिया