ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

क्षतिको विवरण बुझ्न २५ सय सशस्त्रका जवान परिचालन

मङ्गलबार २३, पुष २०८१ १२:५९

काठमाडौँ । मंगलबार बिहानको भूकम्पबाट भएको क्षतिको विवरण बुझ्न सशस्त्र प्रहरीका २५ सय जवान परिचालन गरिएको छ । भौतिक तथा मानवीय क्षतिको विवरण बुझ्न कोशी, मधेस र बाग्मती प्रदेशमा रहेका  युनिटहरूबाट करिब २५ सय जना परिचालन गरिएको हो । 

प्रहरीका अनुसार हालसम्म मानवीय क्षतिको विवरण आएको छैन भने केही जिल्लाका १,२ ओटा कच्ची घर सामान्य चर्किएको बाहेक ठुलो भौतिक क्षतिको विवरण हालसम्म प्राप्त भएको छैन । 
 

प्रतिक्रिया