ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिम प्रहरीको गेटमा कसले लेखिदियो ‘आइ लभ यु चित्रा’ ?

मङ्गलबार ०१, माघ २०८१ ०५:२०

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको डिजीटल बोर्डमा ‘आइ लभ यु चित्रा’ लेखिएको फोटो सामाजिक सञ्जालमा भाइरल बनेको छ । कैलालीको धनगढीस्थित प्रदेश प्रहरी कार्यालयको गेटमा रहेको डिजीटल बोर्डमा त्यस्तो लेखिएको छ । 

ह्याकरले बोर्ड ह्याक गरेर ‘आइ लभ यु चित्रा’ लेखेर स्क्रोल गरेको बताइएको छ । यता सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायब महानिरीक्षक (डीआइजी) गणेश चन्द भने उक्त विषयमा अनुसन्धान भइरहेको बताउँछन् । ‘त्यो कसले र कसरी लेख्यो भन्ने विषयमा केही पत्ता लागेको छैन,’ उनले भने, ‘डीएसपी नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।’

उक्त फोटोको तथ्य जाँच गर्ने प्रयास पनि भइरहेको उनले बताए । कतिपयले भने बोर्ड ह्याक गरेर प्रेम प्रस्ताव राखिएको हुनसक्ने पनि बताएका छन् । यसअघि पनि विभिन्न स्थानमा डिजीटल बोर्ड ह्याक गरी प्रेम प्रस्ताव राख्ने घटनाहरू सार्वजनिक भएका थिए । 
 

प्रतिक्रिया