धनगढी । धनगढीमा प्रहरीले अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको छ । धनगढी उपमहानगरपालिका-९ त्रिवेणीघाट र धनगढी-१५ उर्मीबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएको अन्दाजी १ लाख ५३ हजार ६८० मूल्यको सामान मंगलबार बेवारिसे अवस्थामा फेला परेको हो ।
बिडी, सुर्ती, च्याउ, दुध पाउडर, बोरिङ पाइप, नट बोल्ट, किला लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया