वीरगन्ज । पर्साको सखुवाप्रसौनी गाउँपालिका-२ जमुनियामा ह्युमपाइप राख्न खनिएको सडकको खाल्डोमा मोटरसाइकल खस्दा एक युवकको मृत्यु भएको छ । मंगलबार राति भएको दुर्घटनामा जमुनिया बस्ने २३ वर्षीय सुदर्शन चौधरीको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका अनुसार ना २८ प ३८१९ नम्बरको मोटरसाइकलमा सवार दुई जना मोटरसाइकलसहित खाल्डोमा खसेका थिए । मोटरसाइकल पछाडि सवार सुर्दशनको वीरगन्जस्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक जमुनियाकै २४ वर्षीय दिपेन्द्र चौधरीको उपचार भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया