धनगढी । बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मेलौली नगरपालिका–८ जमाडीकी २८ वर्षीया सीता विष्टको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
बैतडी प्रहरीका अनुसार गत पुस २९ गते भिरबाट लडेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो । डडेल्धुरा अस्पतालबाट केशरपुर स्वास्थ्य चौकी ल्याइएकी उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
प्रतिक्रिया