ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

टीकापुर महोत्सव पुस २५ गतेदेखि, यस्ता छन् आकर्षण

बुधबार ०५, मङि्सर २०८१ १२:३३

टीकापुर । टीकापुर उद्योग वाणिज्य संघले यसवर्ष पनि महोत्सवलाई निरन्तरता दिने भएको छ । संघको आज बसेको कार्यसमिति बैठकले टीकापुर महोत्सव २०८१ आयोजना गर्ने निर्णय गरेको हो । 

संघका महासचिव नवराज रिमालले आगामी पुस २५ देखी माघ ६ गतेसम्म महोत्सव सञ्चालन हुने जानकारी दिए । उनका अनुसार महोत्सव सञ्चालनका लागि विभिन्न समितिहरु गठन गरिएको छ । 

बैठकले महोत्सवको सचिवालय संयोजकमा प्रथम उपाध्यक्ष सन्तोष खड्का र मुख्य व्यवस्थापकमा निवर्तमान अध्यक्ष रामबहादुर भण्डारीलाई जिम्मेवारी तोकेको छ । 

यस्तै आर्थिक तथा सञ्चार समितिको संयोजकमा सदस्य प्रकाश तिमिल्सेना र स्टल समितिको संयोजकमा सदस्य बमबहादुर ओलीलाई जिम्मेवारी दिइएको महासचिव रिमालले जानकारी दिए । 

उनले महोत्सव सञ्चालनका लागि थप समितिहरु गठन गर्दै जाने बताए । महोत्सवमा यस क्षेत्रको कला संस्कृति, भेषभुषा, खानपान लगायतको प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ । यसका साथै महोत्सवमा व्यापार व्यवसायको प्रवद्र्धनसमेत गरिने प्रथम उपाध्यक्षसमेत रहेका महोत्सव सचिवालय संयोजक खड्काले जानकारी दिए । 

उनले विगत वर्षहरुमा झैं यसवर्ष समेत महोत्सव सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ सहयोग रहने विश्वास गरेको बताए । संघले ०६५ सालदेखी महोत्सवको आयोजना गर्दै आएको छ । कोरोनाको समयमा भने लगातार दुईवर्ष महोत्सव हुन सकेको थिएन । 

संघले महोत्सवका माध्यमबाट यस क्षेत्रका विभिन्न माग राख्ने गरेको छ । संघले उठाएका कतिपय मागहरु पूरा भएका छन । निर्माणाधिन लम्की–टीकापुर–खक्रौला सडक, निर्माणाधिन सनकट्टीघाटको पक्की पुल, सत्ती मुल भन्सार कार्यालय, डुँडेझारी सडक लगायतका माग पूरा भएका छन् । 

प्रतिक्रिया