दार्चुला । दार्चुलामा एक सुत्केरीको मृत्यु भएको छ । अपिहिमाल गाउँपालिका–१ आरुखोर टोलकी २५ वर्षीया द्रोपति जागरीको मंगलबार राति मृत्यु भएको हो ।
घरबाट दुई किलोमिटर दुरीमा रहेको सिति स्वास्थ्यचौकी पुग्नासाथ आमा र शिशुको समेत मृत्यु भएको स्थानीय शिक्षक वीरेन्द्रसिंह धामीले जानकारी दिए ।
स्वास्थ्यचौकीमा प्रसूतिका निम्ति पर्याप्त उपकरण समेत नरहेको र धनगढी अस्पताल लैजान चार घण्टा हिँड्नुपर्ने अवस्था रहेको धामीको भनाइ छ । मृतक द्रौपतीकी यसअघि एक तीन वर्षीया छोरी छिन् ।
प्रतिक्रिया