धनगढी । कैलालीको गोदावरी नगरपालिका-४ बुढीतोलामा वर्षाले सडक चिप्लो हुँदा आवतजावतमा समस्या भएको छ । प्रहरीका अनुसार पहिरो गएको स्थानमा वर्षाका कारण सडक सतह चिप्लो भएपछि यातायातहरु आवतजावतमा समस्या भएको हो ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले चिप्लो भएपनि सडक अवरुद्ध नभएको बताएको छ । ट्राफिक प्रहरीले गाडीहरुलाई व्यवस्थित पार्दै आवतजावत गराइरहेको जनाएको छ । बुढीतोलामा सँगै दुईतर्फ नगरी पहिले एकातर्फका अनि अर्को तर्फका गरेर गाडीहरु सञ्चालन भइरहेका प्रदेश ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।
गत वर्ष साउनमा पहिरोले बुढीतोलामा ७० मिटर सडक बगाएको थियो भने ३८० मिटर सडकमा क्षति पुगेको थियो । उक्त सडक अझै कालोपत्रे हुन सकेको छैन । यद्यपी मर्मतको काम भने भइरहेको छ ।
प्रतिक्रिया