धनगढी । पूर्वपश्चिम राजमार्ग अन्तर्गत अत्तरिया–महेन्द्रनगर ४२ किमि सडकखण्डमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको छ । कमजोर भिजिबिलिटीका कारण हुने सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्ने उद्देश्यका साथ रिफ्लेक्टिभ स्टिकर टाँसिएको प्रहरीले बताएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उक्त सडकखण्डको दुवै किनारामा राखिएका रोड डेलिनेटर तथा कलभर्ट लगायत विभिन्न प्रयोजनका लागि सडक किनारामा जडान गरिएका होडिङ बोर्डहरुमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको हो ।
प्रतिक्रिया