बुटवल । सियारी गाउँपालिका–७ हिरागञ्जस्थित न्यु कामना इँटा उद्योगमा कार्यरत एक मजदुरको कुटपिटबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यलय रुपन्देहीले बताएको छ ।
प्रहरीका अनुसार उद्योगकै ट्याक्टर चालक सियारी–६ घर भएका १९ वर्षीय कृष्ण केवटले कुटपिट गर्दा भारत गोरखपुरका अन्दाजी ४० वर्षीय निष्ठुरी केवटको मृत्यु भएको हो ।
कुटपीटबाट गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
प्रतिक्रिया