धनगढी । कैलालीमा प्रहरीले एक लाख बढीको अवैध सामान बेवारिसे अवस्थामा फेला पारेको छ । जिल्लाका विभिन्न स्थानमा बिहीबार १ लाख १० हजार ६८३ मूल्य बराबरको सामान बेवारिसे अवस्थामा फेला परेको हो ।
धनगढी उपमहानगरपालिका-२ शिशापोष्ट नजिक, भजनी नगरपालिका-६ महादेउली, कैलारी गाउँपालिका-७ विपदपुर र जोशीपुर गाउँपालिका-३ लक्कडबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका चिनी, बदाम, नरिवल, पास्ता, सुर्ती, सिद्रा माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
प्रतिक्रिया