धनकुटा । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २६ वर्षीय युवक पक्राउ परेका छन् । चौबिसे गाउँपालिका-५ बोधे बस्ने २६ वर्षीय सुजन खतिवडा बिहीबार पक्राउ परेका हुन् ।
सुजनले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय राजारानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको र आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया