काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी नायब महानिरीक्षक (डिआइजी) दिनेश कुमार आचार्य चयन भएका छन् । प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि आचार्यलाई प्रवक्ता तोकिएको उक्त सचिवालयले शुक्रबार जनाएको छ ।
प्रतिक्रिया