ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ

शनिबार ०५, माघ २०८१ १०:५६

धनगढी । कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । शुक्रबार बेलुका घोडाघोडी नगरपालिका-१ भजनीबाट सोही ठाउँ बस्ने ३० वर्षका महेश चन्द र धनगढी उपमहानगरपालिका-४ शिवपुरीधाम नजिकबाट सोही ठाउँ बस्ने ३८ वर्षका भरत चौधरी लागुऔषधसहित पक्राउ परेका हुन् । 

चन्दलाई ६ ग्राम ६०० मिलिग्राम र चौधरीलाई १९० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।  

प्रतिक्रिया