ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

एमालेलाई काठमाडौं महानगरले लगायो १ लाख जरिवाना

शुक्रबार ०७, मङि्सर २०८१ ०८:३६

काठमाडौं । नेकपा एमालेलाई काठमाडौँ महानगरपालिकाले एक लाख रुपैयाँ जरिबाना गराएको छ । 

दरबारमार्गमा कार्यक्रम गर्दा जथाभावी फोहोरमैला गरी वातावरण प्रदुषण गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिबाना गर्ने निर्णय गर्दै पत्राचार गरेको हो । 
महानगरपालिकाले शुक्रबार नै एमालेलाई जरिबाना गरिएको पत्र पठाएको छ ।

एमालेले शुक्रबार दिउँसो जागरणसभा गरेको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया