ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछामको मेल्लेखमा मातृभूमि जागरण अभियानको समिति गठन

शुक्रबार १८, माघ २०८१ ०५:२६

धनगढी । अछाम जिल्लाका विभिन्न स्थानमा संगठन निर्माणलाई आक्रामक ढंगले अघि बढाइरहेको मातृभूमि जागरण अभियान नेपालले शुक्रबार अछामको मेल्लेखमा गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरेको छ ।

मेल्लेख गाउँपालिकाका ५ का ललित खड्काको संयोजकत्वमा ११ सदस्यीय गाउँपालिका स्तरीय तदर्थ समिति गठन गरिएको हो । एमालेले निस्कासन गरेपछि पूर्व उपाध्यक्ष भीम रावल नेतृत्व समूह यतिबेला रावलको गृह जिल्ला अछाममा संगठन निर्माणका क्रममा तदर्थ समिति गठन गरिरहेको छ ।

मेल्लेख तदर्थ समितिका सदस्यहरुमा कमल बुढा, लालबहादुर धामी, दिलबहादुर बुढा, रुपबहादुर धामी, रमेशबहादुर खड्का, सर्जन साउँद, बाले धामी, जनादेवी खड्का, कृष्ण खड्का र लक्ष्मीदेवी लुहार रहेका छन् ।    

प्रतिक्रिया