ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा मापसे गरेर युवकमाथि बोतल प्रहार, तीन जना पक्राउ

मङ्गलबार २२, माघ २०८१ ११:४१

धनगढी । कैलालीमा मादक पदार्थ सेवन गरेका तीन जनाले एक युवकमाथि बोतल प्रहार गरेका छन् । सोमबार राति गोदावरी नगरपालिकाको खमौरा बस्ने ३५ वर्षीय चन्द्रबहादुर चौधरीमाथि सिसाको बोतल प्रहार गरिएको हो । 

बोतल प्रहार गर्ने गोदावरी नगरपालिका-३ बस्ने १९ वर्षीय राहुल ताम्राकार, २६ वर्षीय रमेश ताम्राकार र ५० वर्षीय प्रकाश ताम्राकारलाई पक्राउ गरिएको  इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उरीक्षक गंगाबहादुर थापाले बताए । 

बोतलले टाउकोमा प्रहार गरिँदा घाइते भएका चौधरीको अत्तरियास्थित पद्यमा अस्पतालमा उपचार भइरहेको उनले बताए । पक्राउ परेका तीनै जनाले मापसे गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया