काठमाडौँ । बलिउड अभिनेता जगपति बाबु दक्षिण भारतीय फिल्म ‘मिराई’ छायांकनका लागि नेपाल आएका छन् । उनी सोमबार काठमाडौँ आइपुगेका हुन् ।
फिल्मका निर्माण नियन्त्रक तथा चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाका अनुसार अभिनेता जगपति बाबुले मंगलबारबाट फिल्मको सुटिङ सेट ज्वाइन गरेका छन् । यही फिल्मका लागि अभिनेत्री श्रीया शरण पनि केही दिन अगाडि काठमाडौँ आएकी थिइन् ।
फिल्म काठमाडौँ, भक्तपुर, कीर्तिपुर, दोलखा, पोखरा र मुस्ताङमा खिचिने बताइएको छ ।
प्रतिक्रिया