काठमाडौँ । फिल्म ‘हन्टर’का मुख्य पात्र अरुण क्षेत्रीको क्यारेक्टर लुक्स सार्वजनिक गरिएको छ । शीर्ष कलाकार अरुणको जन्मदिनको अवसरमा बुधबार उनले निर्वाह गरेको पात्रको झलक सार्वजनिक गरिएको हो ।
पोस्टरमा अरुणको एक्सन लुक्स दर्शाइएको छ । अनुहारमा रगत लतपतिएको छ भने चिउँडोमा हात राखेका उनी तनावमा देखिएका छन् । क्याच कुक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा निर्माण हुने फिल्मले सुदूरपश्चिम क्षेत्रको कथा भन्नेछ ।
केही अगाडि निर्माण घोषणा भएको फिल्मको अन्य कलाकार सार्वजनिक गरिएको छैन । फिल्म जीवन सिंहले निर्देशन गर्न लागेका हुन् । उनका अनुसार फिल्म हन्टर रियल पात्रको कथाबाट इन्स्पायर रहनेछ । फिल्म सुदूरपश्चिममै छायांकन हुने र भाषा पनि बढीजसो सुदूरपश्चिमकै नै हुने उनले बताएका छन् ।
प्रतिक्रिया