काठमाडौँ । पूर्णबहादुरको सारंगी’को सर्वकालिन सफलतापछि अभिनेता विजय बराल ‘जनै हराएको बाहुन’मा अनुबन्धित भएका छन् । निर्माण कम्पनी पेपरक्लिप प्रालिले फिल्ममा उनलाई मुख्य भूमिकामा अनुबन्धित गरेको हो ।
यो फिल्मको निर्देशन हिमाल न्यौपाने हुन् । कथा, पटकथा र संवाद भने भानुभक्त ढकालले लेखेका हुन् । फिल्मले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ ।
नवीन गुरुङ छायाकार रहेको फिल्मका निर्माता सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ हुन् । यो वर्षको अन्त्य सम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको फिल्म २०८२ सालमा दर्शकमाझ आउने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया