ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कुस्ती खेलाडी थिए सैफलाई चक्कु हान्ने युवक

सोमबार ०७, माघ २०८१ ०४:५९

एजेन्सी । बलिउड अभिनेता सैफ अली खानमाथि भएको चक्कु प्रहारको घटनाबारे मुम्बई प्रहरीको अपराध शाखाले अनुसन्धान गरिरहेको छ । सोमबार प्रहरीले यस मामिलामा सन्दिग्ध मोहम्मद शरीफुल इस्लाम शहजाद नाम गरेका व्यक्तिलाई समातेका थिए । 

पक्राउ परेका अभियुक्त बङ्गलादेशका एक पहलवान भएको बताइएको छ ।  ‘शरीफुलले जिल्ला र राष्ट्रिय स्तरमा कुस्ती खेलेका थिए । कुस्ती खेलाडी भएको कारणले गर्दा उनी सैफमाथि भारी भए', अपराध शाखाले भनेको छ । 

प्रहरीका अनुसार शरीफुल चोरीको उद्देश्यले सैफको अपार्टमेन्टमा छिरेका थिए । उनलाई आफू चोर्न भनेर छिरेको अपार्टमेन्ट बलिउड स्टार सैफ अली खानको थियो भन्ने थाहा थिएन । न त उनले चक्कु हानेर घाइते बनाएको व्यक्ति नै अभिनेता हुन् भन्ने थाहा थियो । 

शरिफुल अहिले ५ दिनको प्रहरी हिरासतमा छन् । जनवरी १५ को राति करिब २ बजे सैफमाथि आक्रमण भएको थियो । मेरुदण्ड र घाँटीमा गम्भीर चोट लागेका उनको लिलावती अस्पतालमा उपचार भइरहेको छ ।


 

प्रतिक्रिया