ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अछामको चौरपाटीमा छाउगोठमा बसे सेवासुविधा रोकिने

शुक्रबार २२, चैत २०८१ ११:३८

अछाम । अछामको चौरपाटी गाउँपालिकाले छाउगोठमा बस्ने महिलाको सेवा सुविधा रोक्ने भएको छ । महिनावारी भएका बेला महिलाले आफ्नै घरको कोठामा बस्नुपर्ने निर्णय सो पालिकाले गरेको छ । 

सो निर्णयलाई उल्लङ्घन गरी छाउगोठमा बसेमा गाउँपालिकाबाट दिइने सुविधा नदिने निर्णय गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ । छाउ प्रथाका कारण विभिन्न घटना बढेको भन्दै यस्तो निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।  

छाउ प्रथा कुप्रथाका रूपमा रहेकाले यसलाई जरैदेखि उन्मूलन गर्ने गरी गाउँपालिकाले यो निर्णय गर्ने चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले बताए । 

प्रतिक्रिया