बेलौरी । कञ्चनपुरको दोदा नदीमा पर्ने तटीय क्षेत्रमा तटबन्ध निर्माणको कार्य सुरु भएको छ । जनताको तटबन्ध फिल्ड नम्बर ७ कार्यालय महेन्द्रनगरले ८५० मिटर लम्बाइमा तटबन्ध निर्माणको कार्य अगाडि बढाएको हो ।
कार्यालयले नदी किनारका विभिन्न खण्डमा तटबन्ध निर्माण कार्य भइरहेको जनाएको छ । जनताको तटबन्ध कार्यालय कञ्चनपुरका प्रमुख इन्जिनियर प्रसाद साहले पुनर्वास नगरपालिका दुई सिमरीगाउँ बाढी प्रभावित क्षेत्रमा बुधबारदेखि तटबन्ध निर्माणको कार्य सुरु भएको जानकारी दिए ।
उनका अनुसार एक वर्षभित्र निर्माण कार्य पूरा गरिसक्ने लक्ष्यसहित अमृत कन्स्ट्रक्सनसँग पाँच करोड २४ लाख ९० हजार रुपियाँमा ठेक्का सम्झौता भएको छ ।
यस्तै लालझाँडी गाउँपालिका तीन बल्मीमा पनि तटबन्ध निर्माण कार्य अगाडि बढाइएको सो कार्यालयका प्रमुख साहले जानकारी दिए ।
प्रतिक्रिया