ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिमबाट बार एसोसिएसनको उपाध्यक्षमा ओझा विजयी

बिहिबार २८, चैत २०८१ ०१:५५

धनगढी । नेपाल बार एसोसिएसनको नयाँ कार्यसमिति चयन भएको छ । एसोसिएसनको अध्यक्षमा प्रा.डा. विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित मिश्रले दोब्बर मतान्तरले अर्का उम्मेदवार रमनकुमार श्रेष्ठलाई हराए ।

अध्यक्षमा निर्वाचित मिश्रले ५ हजार ५२ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी श्रेष्ठले २ हजार ६२१ मत पाएका छन् । यस्तै, महासचिवमा मिश्र प्यानलकै केदारप्रसाद कोइराला निर्वाचित भए ।

यसैगरी, कोषाध्यक्षमा मिश्रकै प्यानलका जगतबहादुर कार्की निर्वाचित भएका छन् । यस्तै नेपाल बार एसोसिएसनको उपाध्यक्षमा सुदूरपश्चिम प्रदेशबाट सिद्वराज ओझा विजयी भएका छन् ।

उनी पाँच हजार एक सय ५१ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी पदमराज शर्माले दुई हजार ६४ मत पाए । 

प्रतिक्रिया