ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कर्णाली पुलमा किन सुते भण्डारी ?

बिहिबार २८, चैत २०८१ ०२:०६

धनगढी । सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलाई जोड्ने कर्णाली–चिसापानी पुलमा एक युवकले सुतरे सरकारको विरोध गरेका छन् । कैलालीको लम्कीचुहाका स्थानीय युवा नेत्र भण्डारीले पुलमाथि सुतेर अनसन बसेका हुन् । 

चिसापानी–कुइने सडक निर्माणको माग गर्दै उनले पुलमा सुतेर अनसन गरेका हुन् । दुई वर्ष अगाडि नै ठेक्का सम्झौता भएको उक्त सडक निर्माणमा ढिलाइ भइरहेको छ । मन्त्रिपरिषद्ले निर्णय गरिसके पनि वन विभागले रुख कटानको आदेश नदिएपछि सडक निर्माणको काम अगाडि बढ्न सकेको छैन । 

सरकारको विकास निर्माणमा सघाउ पुर्‍याउन अनसन बसेको भण्डारीको भनाई छ । 

प्रतिक्रिया