ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलाली बहुमुखी क्याम्पसमा मतगणना सुरु

बिहिबार २८, चैत २०८१ ०२:१६

धनगढी । कैलाली बहुमुखी क्याम्पसमा मतगणना सुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनअन्तर्गत बुधबार मतदान भएकोमा केही समयअघि मात्रै मतगणना सुरु भएको निर्वाचन समितिले जनाएको छ । 

निर्वाचन समितिका प्रमुख तर्कराज भट्टका अनुसार बुधबार भएको मतदानमा दुई हजार ५७ मत खसेको थियो । यसपटक क्याम्पसको स्ववियु निर्वाचनमा विगतको आफ्नो विरासत जोगाउने, विरासत फर्काउने र भत्काउनेबीच प्रतिस्पर्धा छ । नेविसंघ विरासत फर्काउने रणनीतिमा छ भने अनेरास्ववियु पछिल्लो विरासत जोगाउने र अन्य उम्मेदवार विरासत भत्काउने योजनामा छन् । 

नेपाल विद्यार्थी संघ नेविसंघको तर्फबाट सन्तोष पन्त सभापतिका उम्मेदवार छन् । नेविसंघकै अम्बिका चौधरी सभापतिमा बागी उम्मेदवार छन् । यस्तै, अनेरास्ववियुका तर्फबाट यमराज जोशी सभापतिका उम्मेदवार छन् । अखिल क्रान्तिकारीबाट पवन सुनार स्ववियु सभापतिका उम्मेदवार छन् । एकीकृत समाजवादी निकट अनेरास्ववियूले सुनिलराज जोशीलाई सभापतिको उम्मेदवार बनाएको छ । 

प्रतिक्रिया