टीकापुर । कैलालीको टीकापुर बहुमुखी क्याम्पसमा मतगणना सुरु भएको छ । सय मतगणना हुँदा नेपाल विद्यार्थी संघ नेविसंघले सुरुवाती अग्रता लिएको छ । स्ववियु सभापतिमा नेविसंघका किरण साउँदले ५६ मत पाएका छन् । उनका प्रतिस्पर्धी सयुक्त प्यानलका गोविन्द भण्डारीले ३४ मत पाएका छन् ।
स्वतन्त्र उम्मेदवार देबसिसजंग थापाले ९ मत पाएका छन् । सचिव र कोषाध्यक्षमा पनि नेविसंघकै उम्मेदवारले अग्रता लिएका छन् ।
बुधबार भएको स्ववियु निर्वाचनमा एक हजार २५४ मत खसेको थियो । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघ एक्लै र पाँच विद्यार्थी संगठनको संयुक्त प्यानलले भाग लिएका छन् ।
प्रतिक्रिया