ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

दुर्गा प्रसाईंलाई नेपाल ल्याइयो

शुक्रबार २९, चैत २०८१ १०:३५

काठमाडौं । दुर्गा प्रसाईंलाई भारतमा पक्राउ गरी काँकडभिट्टा नाकाबाट नेपाल ल्याइएको छ । सीआईबीको टोलीले स्कर्टिङ गरी उनलाई अहिले भद्रपुर विमानस्थल लग्दै छ । 

बुद्ध एयरको विमानमा उनलाई काठमाडौं पठाउने तयारी छ । १५ चैतको राजावादी प्रदर्शनका नाममा हिंसा भड्काएर फरार भएको आरोप लागेका उनलाई नेपाल प्रहरीको विशेष ब्युरोले पूर्वी नेपालको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको थियो । 

प्रसाईं भागे पनि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महमन्त्री धवलशमशेर राणासहित ७९ जनालाई पक्राउ गरेको छ । 

प्रतिक्रिया