डोटी । खोलामा डुबेर एकजना बेपत्ता भएका छन् । बिहीबार साँझ डोटी जिल्लाको शिखर नगरपालिका–४ बनौली बस्ने वर्ष १९ का नरेश महरा बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
महरा आफन्तको विवाहको कार्ड वितरण गरी फिर्ता हुने क्रममा वडा नम्बर ५ र ७ को सीमानामा पर्ने ठुलीगाड खोलाको तलाउमा नुहाउने क्रममा डुबी बेपत्ता भएका हुन् ।
उनको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया