बैतडी । बैतडीको पाटन नगरपालिकाले आइतबार शोक बिदा दिएको छ ।
पाटन नगरपालिकाअन्तर्गत पशुपन्छि सेवा शाखामा कार्यरत कार्यालय सहयोगी मनिराम बिष्टको निधन भएकाले आइतबार शोक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
बिष्टको चैत २८ गते निधन भएको थियो । आइतबार नगरपालिका मातहतका सबै सरकारी कार्यालयहरुमा शोकबिदा रहेको नगरपालिकाको सूचनामा उल्लेख गरेको छ ।
प्रतिक्रिया